Thursday, September 8, 2016

संसद्मा गरेको सम्बोधन प्रचारमुखी : अध्यक्ष थापा

रुपन्देही, २४ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब हुने संविधान संशोधनमा हिन्दू राज्य पुनःस्थापना गरी धर्मनिरपेक्षता खारेज गर्न माग गर्नुभएको छ ।

राप्रपा नेपालले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले मधेसवादी दलहरुको चाहनाअनुरुप संविधान संशोधन भए आफूहरुको यो मुद्दा पनि सम्बोधन गर्नुपर्ने अडान दोहो¥याउनुभएको हो ।

संशोधनमा नभए जनमत सङ्ग्रहमा जान पनि तयार रहेको उहाँको भनाइ थियो ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका थापाले अहिलेको सरकारले एक महिनासम्म पनि मधेसवादी दलको माग सम्बोधन गर्न नसकेको आरोप लगाउनुभयो ।

सरकारले तीन तहको निर्वाचनका लागि पर्याप्त रुपमा तयारी नगरेको उहाँको आरोप छ । दलहरुबीच सहमति नभए संविधान संशोधन हुन नसक्ने भन्दै अध्यक्ष थापाले काँग्रेस, माओवादी र मधेसवादी दलले मात्र दुई तिहाइ बहुमत पु¥याउन नसक्ने उहाँले बताउनुभयो ।

संशोधनका लागि कि त एमाले कि त राप्रपा नेपाल नै चाहिन्छ उहाँले भन्नुभयो, ‘‘सरकारले अहिलेसम्म आफ्नो दलसँग कुनै प्रकारको छलफल गरेको छैन ।’’

देशमा समयमै निर्वाचन नभए संवैधानिक रिक्तता आउने भन्दै त्यसो भए मुलुक दुर्घटनातर्फ धकेलिने थापाको भनाइ छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts