Friday, September 2, 2016

बक्सिङ खेलाडीलाई सम्मान

भीमदत्तनगर, १७ भदौ । एक साताअघि काठमाडौँमा सम्पन्न राष्ट्रिय बक्सिङ प्रतियोगितामा उपाधि जित्न सफल यहाँका खेलाडीलाई शुक्रबार बिहान कञ्चनपुरको भीमदत्तनगरमा सम्मान गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले विजयी खेलाडीलाई सम्मान गर्नुभएको हो । सम्मानित हुनेहरुमा बक्सिङका जुनियरतर्फ ६९ तौल समूहमा स्वर्ण पदक विजेता निवास चन्द, ४९ तौल समूहमा कास्य पदक विजेता भानु विष्टलगायत सहभागी कञ्चनपुरका सातजना खेलाडी र दुई प्रशिक्षकलाई सम्मान गरिएको बक्सिङ प्रशिक्षक तथा ओलम्पियन डम्बरदत्त भट्टले जानकारी दिनुभयो ।

सम्मान कार्यक्रममा बोल्दै मन्त्री लेखकले खेलाडीहरुलाई बधाई दिनुहुदै खेलकूदका लागि आवश्यक खेलसामाग्रीहरु उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयोकार्यक्रममा जिल्ला बक्सिङ्ग संघले उपलब्ध गराएको खेल पोशाकहरु समेत खेलाडीहरुलाई उपलब्ध गराइएको थियो ।

कार्यक्रममा जिल्ला बक्सिङ्ग संघका अध्यक्ष लोकबहादुर ठकुराठी, उपाध्यक्ष क्षेत्रपाल मेहरा लगायत पदाधीकारीहरुको सहभागिता रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts