Tuesday, September 6, 2016

आइएसकोे आक्रमणको धम्कीप्रति अष्ट्रेलियन प्रहरी गम्भीर

क्यानबेर्रा, २१ भदौ । आम नागरिकलाई तर्साउनेगरी इस्लामिक स्टेट ९आइएस०को तर्फबाट आएको सार्वजनिक विज्ञप्तिलाई अष्ट्रेलियाली प्रहरीले गम्भीरतापूर्वक लिएको बताइएको छ ।

आइएस आतङ्ककारीको रुमियाह नामक पत्रिकाको पहिलो अङ्कमा प्रकाशित लेखमा अष्ट्रेलियास्थित आइएसका कार्यकर्तालाई त्यहाँका नागरिकलाई जहाँ भेटे पनि भारी सङ्ख्यामा आमहत्या गर्नु भन्ने सार्वजनिक आह्वान गरिएको छ ।

अष्ट्रेलियन फुटबल लिग र राष्ट्रिय रुग्वी लिगको फाइनल खेल हुन लागेका बेला आएको आइएसको आह्वानलाई विशेष गम्भीरतापूर्वक हेरिएको उच्च प्रहरी अधिकारी ग्राहम आस्टोनले बताउनुभयो ।

“यदि सुरक्षा व्यवस्था मजबुत बनाउनु प¥यो भने पनि हामी पूरा प्रयत्न गर्नेछौं,” उहाँले मङ्गलबार पत्रकारसँग भन्नुभयो, “तर त्यसो गरिहाल्नुपर्ने अवस्था अहिलेसम्म छैन ।

अहिले आइएसको तर्फबाट गरिएको निराधार हल्लाले सनसनी फैलाएको मात्रै हो, त्यस्तो कुनै सङ्केत देखिनासाथ हाम्रो संयुक्त प्रतिरक्षा टोलीले स्थिति तत्काल नियन्त्रणमा लिने क्षमता राख्दछ,” उहाँले अठोट व्यक्त गर्नुभयो ।

अष्ट्रेलियाका प्रधानमन्त्री डेनियल एन्ड्रयुजले कुनैपनि अप्रिय घटना हुनसक्ने सम्भावनालाई अष्ट्रेलियाको प्रहरीले निकै गंभीरतापूवर्क लिएको बताउनुभयो ।

आगामी महिना हुने दुवै खेलका प्रतियोगिताका लागि अष्ट्रेलियाको राजधानी मेलबर्नलाई सुरक्षाका हिसाबले तयारी अवस्थामा राखिएको छ ।

“आतङ्ककारीका सम्पूर्ण हिंसात्मक गतिविधि, व्यवहार र धम्कीहरु हामीले अत्यन्त गम्भीरतापूर्वक सुने÷बुझेका छौँ,” एन्ड्रयुजले भन्नुभयो । रासस÷सिन्ह्वा

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts