Tuesday, September 13, 2016

‘भाषा–साहित्य सङ्घ नेपाल’ स्थापना

काठमाडौँ, २८ भदौ । नेपाल भाषा र साहित्यको विकासका लागि नेपाल सांस्कृतिक सङ्घको पहलमा आज ‘भाषा–साहित्य सङ्घ नेपाल’ स्थापना भएको छ ।

नेपाल सांस्कृतिक सङ्घअन्तर्गत रहने गरी प्रजातन्त्र र लोकतन्त्रप्रति आस्था राख्ने साहित्यकारहरुको सहभागितामा उक्त संस्थाको स्थापना भएको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली भाषामा देखिएको विवादलाई सम्बोधन गर्न यो सङ्घले ठूलो भूमिका खेल्ने बताउनुभयो ।
नेता कार्कीले नेपाल बहुभाषी, बहुजाति, बहुुसांस्कृतिक मुलुक रहेकाले यसलाई देशको सम्पत्ति ठानेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेपाली भाषा र साहित्यलाई जोगाउन नेपाली काँग्रेसले जस्तोसुकै भूमिका खेल्न तयार रहेको स्पष्ट पार्नुभयो ।

नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले नेपाली भाषा साहित्यको विकास र विस्तारमा प्रजातन्त्रको ठूलो भूमिका रहेको बताउनुभयो ।
नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले साहित्य र पत्रकारिता एकापसका परिपूरक भएको भन्दै साहित्यको विकास भएमात्र पत्रकारिताको विकास हुने स्पष्ट पार्नुभयो ।

नेपाल सांस्कृतिक सङ्घका अध्यक्ष तीर्थबहादुर थापा, साहित्यकार हरि अधिकारी, सन्ध्या पहाडी, वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत, कलाकार प्रभाकर शर्मा, लोकगायक विमलराज क्षेत्रीलगायतले नेपाली भाषा र साहित्यको विकास र विस्तारमा लागेका व्यक्तिको संरक्षणमा यो सङ्घले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

अधिकारीको अध्यक्षतामा कार्यसमिति

आजै स्थापना भएको सङ्घको अध्यक्षमा साहित्यकार एवम् पत्रकार हरि अधिकारी निर्विरोध चयन हुनुभएको छ ।

सङ्घको उपाध्यक्षमा वियोगी बुढाथोकी, महासचिवमा ठाकुर बेल्बासे, सचिवमा सरिता अर्याल र कोषाध्यक्षमा मोतिराम बम रहनुभएको छ ।

यस्तै सदस्यमा धु्रव सापकोटा, वनमाली निराकर, गोकुल अधिकारी, सरु सुवेदी, श्याम रेग्मी, केशव सिग्देल, चन्द्रमान योङ्हाङ, धु्रव मधुकर्मी, मन्दिरा मरासिनी र शान्ति सापकोटा हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts