Monday, September 12, 2016

ठूला उद्योगले विद्युत् महसुल रकम बुझाएनन्

नवलपरासी, २७ भदौ । नवलपरासीका तीनवटा ठूला उद्योगले विद्युत् प्राधिकरणलाई दुई करोड भन्दा बढी विद्युत् महसुल बुझाएका छैनन् ।

सुनवलस्थित बुटवल सिमेन्ट उद्योग प्रालि, सर्वोत्तम सिमेन्ट प्रालि र लक्ष्मी स्टिलले विद्युत् महसुल नबुझाएका हुन् । प्राधिकरणका अनुसार तीनवटै उद्योगका सवा दुई करोडभन्दा बढी तिर्न बाँकी छ् ।

विद्युत् महसुल नतिर्ने उद्योगको विद्युत् लाइन काट्ने सरकारी अभियान अघि बढिरहेका बेला उल्टै ती तीनवटा ठूलो उद्योगले विद्युत् कार्यालयलाई विद्युत् महसुल भुक्तानी नगरी उल्टै बुटवल पुनरावेदन अदालतमा मुद्दा दायर गरेका छन् ।

ठूला उद्योगले महसुल तिर्न नपरोस् भनी प्राधिकरणविरुद्ध नै मुद्दा दायर गर्नु भनेको जो चोर उसैको ठूलो स्वर भन्ने उखान चरितार्थ भएको उल्लेख गर्दै प्राधिकरणले चौबिसै घन्टा विद्युत् बाल्ने उद्योगले लाखाँै रकम विद्युत् महसुल तिर्न परेपछि बचाउका लागि अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

वितरण केन्द्रले विद्युत् महसुल तिर्नका परिपत्र गरेपछि उनीहरुले वितरण केन्द्र र क्षेत्रीय कार्यालयलाई विपक्षी बनाई मुद्दा दायर गरेको परासी वितरण केन्द्रका केन्द्र प्रमुख सुरेन्द्र अग्रहरीले बताउनुभयो ।

विगतमा उद्योगले चौबिसै घन्टा विद्युत् आपूर्ति हुने गरी डेडिकेटेड फिडर जोड्न लगाएर विद्युत् उपभोग गर्दै आएका थिए । प्रत्येक उद्योगको करिब रु ६५ लाखभन्दा बढी विद्युत महसुल बुझाउन बाँकी रहेकाले अदालतको फैसलाको पर्खाइमा प्राधिकरण रहेको जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts