Tuesday, September 6, 2016

व्यापारिक भवनमा आतङ्ककारी घुसेको आशङ्का

ढाका, २१ भदौ । सशस्त्र आतङ्ककारी घुसेको आशङ्कामा बङ्गलादेश प्रहरीले राजधानी ढाकामा कूटनीतिक आवाश क्षेत्रको रुपमा परिचित गुलसन इलाकामा अवस्थित एक व्यापारिक भवनलाई घेरा हालेको छ ।

धेरै तलायुक्त सो व्यापारिक भवनमा गह्रुङ्गो झोला बोकी तीनजना संदिग्ध व्यक्तिहरु जबर्जस्ती घुसेको सुराक पाएकाले सशस्त्र आतङ्ककारीको आशङ्कामा प्रहरीले आफ्नो कारबाही चलाउन लागेको अतिरिक्त कमिसनर मोहम्मद शाहबुद्दिन कुरेशीले सञ्चारमाध्यमलाई बताउनुभएको छ ।

भवनभित्र घुसेकाहरु सशस्त्र आतङ्ककारी हुन् या चोर, लुटेरा भन्ने पुष्टि भने भइसकेको छैन ।

प्रहरीको बम निरीक्षण टोलीले पहिला झोलाहरुको परीक्षण गर्ने तत्पश्चात् मात्र सत्य तथ्य यकिन गर्न सकिने कुरासमेत कमिसनर कुरेशीले जानकारी दिनुभयो ।

गत १ जुलाईका दिन गुलसन इलाकामै अवस्थित एउटा स्पेनी रेस्टुराँमा विदेशीहरुको जमघट भइरहेका बखत सशस्त्र आतङ्ककारीले आक्रमण गर्दा बाइसजना विदेशीहरुको मृत्यु भएदेखि नै राजधानीमा प्रहरीले सुरक्षा व्यवस्था अत्यन्त कडा पारेको छ । रासस÷सिन्ह्वा

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts