गत सुक्रबार रोजगारीको सिलसिलामा रुपन्देहीमा रहेर युएई आएका नेपाली दाजू भाइ दिदि बहिनिहरुहरुको संस्था ‘रुपन्देही समाज युएई’ले हिन्दु महिलानारीहरुको चाड हरितालिका तिज सम्पन्न गरेको छ । उक्त कार्यक्रम युएईको बरदुबई ईमपरिएल सुट होटलमा भएको कार्यक्रमको सभापति सस्थाका अध्यक्ष हरि चापागाईको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली दुताबास युएईका दिप्तिय सचिब बिष्णु कुमारी अधिकारी रहनु भएको थियो भने संचालन हरि डुम्रे र छाबिकिरण भट्टराई ले गरेका थिए |
बिसेष अतिथिमा गीता मणि पाण्डे , डीएल शर्मा , सीपि सापकोटा ,प्रकाश कोइराला , डा दिनेश आचार्य का बुबा दिल्ली राम आचार्य र मिठु आचार्य पत्रकार त्रिलोचन कोइराला लक्ष्मन् खनाल लाल बहादुर ढेंगा तथा अन्य संघ सस्थाका प्रमुखहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको प्रमुख स्पोन्सर गोल्डन एवेरेस्ट टूर एण्ड ट्रावलले गरेको थियो |
मैन बत्ति बालेर प्रमुख अतिथि र बिसेष अतिथि बाट उद्घाटन गर्दै १ मिनेट रास्ट्रिय गाना बाट सुरु गर्दै सस्थाका महा सचिब लेखनाथ पाण्डे को स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि बिष्णु कुमारी अधिकारी सिपि सापकोटा डिएल शर्मा कमला भण्डारी ले सस्थाले गरेको काम प्रति राम्रो र सकरात्मक रहेको आउने दिन हरुमा अझै प्रगति गरोश भन्ने शुभकामना दिएका थिय | युएईमा रहेका नेपालीहरुका विभिन्न भैपरी आउने समस्याहरुमा सहयोग गर्दै आइरहेको उक्त संस्थाले । नेपालीहरुका चाड-पर्वहरुलाई मध्यनजर गर्दै रुपन्देही समाज युएईले विभिन्न कार्यक्रम गरि यहा कार्यरत कामदारहरुका सुख- दु:ख साट्ने बलियो माध्यम बनेको कुरालाई जोड दिदै सबै आयोजक समिति तथा स्वयम सबक तन मन धन लगाएर सहयोग गर्नु हुने साथमा पत्रकार समाज सेवी सस्थाका प्रमुख कलाकार लगाएत सबै मान्य जन हरुलाई धन्यवाद दिदै सभापति बाट पहिलो चरण को कार्यक्रम सकिएको घोसणा गर्दै मनोरंजन लिनु हुन् अनुरोध गर्नु भएको थियो |
कार्यक्रममा नेपालबाट आउनु भएका चर्चित गायक नबिन पौडेलले दु:खका दिन गए, राजनीतिमा पैसा रैछ, हरेक जातजाती छौ नानाथरी जस्ता आधा दर्जन गितहरु गाएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिदै स्टेजबाट तल झरेर बिशेष महिला दिदीबहिनीहरुलाई छमछमी नचाएका थिए रुपा घर्तिमगर ले पनि पनि अब विदेशमा नबस जस्ता गित हरु गएर भर पूर्ण मनोरंजन दिलाउनु भएको थियो युएई मा रहनु भएका हरि डुम्रे गोपी कृष्ण पंगेनी छाबिकिरण भट्टराई होम कुँवर बिष्णु गिरि अर्जुन न्यौपाने जस्ता दर्जनोउ कलाकारहरुले सबै दर्सक हरुलाई मनोरंजन दिलाएका थिए |
सोहि कार्यक्रममा दिल्ली राम आचार्य , मिठु आचार्य गोल्डेन एवेरेस्ट ट्रावल लगाएत स्पोंसेर गर्नु हुने र सबै कलाकारहरुलाई सम्मान गरिएको थियो |
गीता मणि पाण्डे युएइ दुबई
Tuesday, September 13, 2016
नबिन पौडेल र रुपा घर्ति मगरका साथमा युएईका नेपाली झुमे
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment