Saturday, September 24, 2016

नगर उद्योग वाणिज्य सङ्घमा जयसवाल निर्वाचित

रौतहट, ९ असोज । नगर उद्योग वाणिज्य सङ्घ चन्द्रनिगाहपुरको अध्यक्षमा सुनिल जयसवाल निर्वाचित हुनु भएको छ ।

आज बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षमा जयसवालले ४५७ मत प्राप्त गर्नु भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी खड्गबहादुर तामाङले ३३५ प्राप्त गर्नु भएको छ ।

यसैगरी सदस्यहरुमा जयसवाल प्यानलबाट सदस्य पदमा प्रकाश सुनुवार, मनोज साह, सुनिल साह, फिरोज श्रेष्ठ, सुमन गौतम, शङ्कर सिवाकोटी, अरुण लामा, अनुपा श्रेष्ठ, हर्क तामाङ, जितेन्द्र चौधरी, राजेश रौनियार, विनोद जयसवाल निर्वाचित भएका छन् ।

कुल ९५६ मतदाता रहेका उद्योग वाणिज्य सङ्घको निर्वाचनमा ८२२ मत खसेको निर्वाचन समितिले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts