काठमाडौँ, ८ असोज । नेपाली लेखक सङ्घ र दक्षिण कोरियाको युरेसिया कल्चर फोरमबीच साहित्यिक एवं सांस्कृतिक आदानप्रदान गर्न द्विपक्षीय सम्झौता भएको छ ।
शुक्रबार सङ्घका अध्यक्ष श्रवण मुकारुङ र फोरमका महासचिव दाइकी जुङले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौतापत्रमा उल्लेख गरिएअनुसार आगामी माघ फागुनतिर काठमाडौँमा द्विदेशीय बृहत् साहित्यिक एवं सांस्कृतिक सम्मेलन आयोजना गरिने छ ।
सम्मेलनमा कोरियाबाट सांसद्, प्राज्ञ, कवि, लेखक, चित्रकार, संस्कृतिविद्, व्यवसायी गरी करिब दुई सय जना सहभागी हुने साहित्यकार शशि लुमुम्बुले जानकारी दिनुभयो ।
तीनदिने सो सम्मेलनमा नेपाली तथा कोरियाली साहित्य, संस्कृति, दर्शन, इतिहास, कला तथा पर्यटनबारे दश कार्यपत्र प्रस्तुत गरिने तथा नेपाल र कोरियाका चुनिएका विशिष्ट कविले कविता प्रस्तुत गर्नुहुनेछ । सङ्घका अध्यक्ष मुकारुङका अनुसार सम्मेलनमा दुवै देशका सय चित्रकारका कलाकृति प्रदर्शन गरिनाका साथै लोकसंस्कृतिको प्रस्तुति रहनेछ ।
सो अवसरमा नेपाल र कोरियाका चुनिएका साठी कविका एक सय बीस कविता, सात सात कथा तथा पाँच पाँच उपन्यासको अनुवाद पनि प्रकाशन गरिने छ । सङ्कलनमा नेपालतर्फका बिपी कोइराला, पारिजातदेखि अहिलेको पुस्ताका प्रतिनिधि स्रष्टासम्मलाई समेटिने छ । सम्झौतानुसार आगामी असार साउनतिर सो सम्मेलनको दोस्रो संस्करण कोरियामा आयोजना गरिने छ । रासस
Saturday, September 24, 2016
नेपाल–कोरिया साहित्य–संस्कृति सम्मेलन हुने
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment