Saturday, September 17, 2016

हचुवाका भरमा संशोधन नगरिने

उदयपुर, २ असोज । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले एमालेले बिनाकारण हचुवाका भरमा लागेर संविधानका धारा संशोधन नगर्ने बताउनुभएको छ ।

पे्रस चौतारी नेपाल उदयपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गौतमले अहिले मधेसकेन्द्रित दलको माग पूरा गर्न कुन–कुन धारा संशोधन गर्नुपर्ने र केका लागि भन्ने स्पष्ट नभई पार्टीले संविधान बिगार्ने कुनै काम नगर्ने स्पष्ट गर्नुभयो ।

मधेसका साना टुक्रे दलले मागे जति सबै माग पहिला नै पूरा भइसकेको र अब मधेसको माग केही पनि नभएका कारण आन्दोलन गरेर जनतालाई दुःख दिने काम चाँडो बन्द हुनुपर्नेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts