Thursday, September 22, 2016

ईमेज अवार्डको पूर्वसंध्यामा सुभाष सुन्दास ब्यस्त, नयाँ म्युजिक भिडियोको छायांकन

image-0-02-01-25baaaf070e666a6668fb11b095da292c0cdc4e9815af9656775f2f6012766c8-v
२१ सेप्टम्बर २०१६, स्विटजरल्याण्ड । १८औं टुबोर्ग ईमेज अवार्डका लागि सुभाष सुन्दासको ‘माया हो’ गीत सर्वोकृष्ट पप गायन विधामा अवार्डका लागि ‘टप फाईभ’ मा मनोनयन भएपछि उनी उक्त्त अवार्ड कार्यक्रममा भाग लिन जुरीखबाट १८ सेप्टम्बरमा काठमाण्डौं पुगेका छन् । निर्णायक मण्डलको मुल्याङकनका आधारमा यहि २४ सेप्टम्बर २०१६ मा एक विशेष कार्यक्रमका बीच अवार्ड विजेता घोषणा हुने छ ।
ईमेज अवार्डको पूर्वसंध्यामा काठमाण्डौं पुगेदेखि नै उनि अत्यन्तै ब्यस्त रहेका छन् । उनले यसबीच ईमेज च्यानलमा ‘म्युजिक अफ योर च्वाईस’ लाईभ शो र हिमालयन टिभिको ‘म्युजिक क्याफे’ मा आफ्नो गायन प्रस्तुत गरे । त्यसैगरी उनले ईमेज एफएम, क्यापिटल एफएम, रेडियो सिटि, मेट्रो ट्राफिक र रेडियो नेपालमा अन्तर्वार्ता दिए भने हिट्स एफएम, कान्तिपुर एफएम र किप्पस् एफएम ले उनीसंग को कुराकानी छिट्टै प्रसारण गर्ने भएका छन् ।

image-0-02-01-1733c2ca94944f7ed6642f8b5644fae08a0245c4d2fb406dcdda214cfca9233b-v
‘आधा गाग्रो पानी’ को म्युजिक भिडियो छायांकन हुने
काठमाण्डौंमा सुभाष सुन्दास ईमेज अवार्डमा भएको उनको मनोनयनका सन्दर्भमा अन्तर्वार्ता मात्र दिईरहेका छैनन् । उनी आफ्ना श्रोताहरुका लागि नयाँ साङ्गीतिक कोशेली पस्कने तरखरमा छन् । उनको ‘उडन देउ’ एल्बममा समाहित ‘आधा गाग्रो पानी’ बोलको गीतको म्युजिक भिडियो छायांकन गरिने भएको छ। उक्त्त भिडियोको निर्देशन मोहनराज अधिकारीले र मोडेलिङ रेनुका सिङ ठकुरीले गर्ने भएका छन् । यसअधि उनका ‘नाच्यो झिल्के’, ‘माया हो’ र ‘नक्कली’ बोलका गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक भै सकेका छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts