Thursday, September 8, 2016

काबुलमा विस्फोट एकको मृत्यु तीन घाइते

काबुल, २३ भदौ । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विष्फोटमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
काबुलको प्रमुख व्यापारिक क्षेत्रलाई लक्ष्यगरी सो आक्रमण भएको स्थानीय टेलिभिजन च्यानल टोलोले जानकारी दिएको छ ।

अफगानिस्तानका चर्चित राष्ट्रिय नेता अहम्मद शाह मसुदकोे १५औं बार्षीकीका अवसरमा आयोजित कार्यक्रम भईरहेका बेला बम आक्रमण भएको थियो ।
आक्रमणपछि सो इलाकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । रासस÷सिन्ह्वा

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts