Tuesday, September 6, 2016

भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माण गर्न माग

काठमाडौँ, २१ भदौ । नेपाल उद्योग वाणिज्य सङ्घ, मकवानपुरले भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माण गर्न सरकारसँग आग्रह गरेको छ ।

सङ्घका जिल्ला अध्यक्ष राजकुमार न्यौपाने नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी हेटौँडाबाट काठमाडौँ आउनलाई सहज बनाउने सुरुङ मार्ग निर्माण गर्न माग गरेको हो । तीन किलोमिटर उक्त सुरुङ मार्ग निर्माणपछि हेटौँडाबाट काठमाडौँ आउन सुरक्षित र सहज हुन्छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले सरकारी लगानीमा सुरुङ मार्ग बनाउन सरकार सकारात्मक रहेको बताउँदै त्यसका लागि आफूले पहल गर्ने बताउनुभयो । प्रधानमन्त्रीले आफ्ना मागलाई सम्बोधन गर्ने आश्वासन दिएको अध्यक्ष न्यौपानेले राससलाई जानकारी दिनुभयो । सङ्घले सुरुङमार्ग निर्माण भएपछि दुर्घटनामा कमी आउने र समय पनि छोटिने प्रधानमन्त्रीलाई विश्वास दिलाएको थियो ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा भएको भेटमा ‘एसियन हाइवे’ निर्माण गर्दा सडकको दुवैतर्फ २५ मि जग्गा अधिकरण गर्दा मुआब्जा दिनुपर्ने विषयमा कुरा भएको थियो । अर्थमन्त्री महराले मुआब्जाका विषयमा अर्थ मन्त्रालयलले चाँडै निर्णय लिने विश्वास दिलाउनुभएको अध्यक्ष न्यौपानेले बताउनुभयो । रासस 

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts