Monday, September 19, 2016

ढुंगा खसेर लाग्दा चारजनाको मृत्यु

बाग्लुङ, ३ असोज । बुङ्गादोभान–४ रिहलाङ बस्ने गंगाधर रोक्काको घरमाथिबाट सोमबार ठुलो ढुङ्गा खस्न गई घर पूर्णरुपमा क्षति हुनुको साथै घरमा च्यापिन गई ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा गंगाधरकी श्रीमती ३८ वर्षीया भिमकुमारी रोक्का, छोरीहरु १४ वर्षीया ईन्द्रकुमारी रोक्का तथा ९ वर्षीया मायादेबी रोक्का र छोरा १२ वर्षीय ईन्द्रजित रोक्का रहेका छन् ।
प्रहरी टोली खटी गई उद्धार एवं आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts