काठमाडौँ, ६ कात्तिक । कीर्तिपुण्य बचत तथा ऋण सहकारी संस्था आव २०७२÷७३ मा रु ५६ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
लिमिटेडको आज सम्पन्न सातौंँ वार्षिक साधारणसभामा विगतका आर्थिक वर्षमा झैं आव २०७२÷७३ मा पनि संस्थाबाट प्रवाह भएको ऋणतर्फ कुनै पनि ऋणको भाखा ननाघेको र सम्पूर्ण ब्याज समयमै असुल भएको जानकारी दिइएको थियो ।
आव २०७१÷७२ मा संस्थाको कुल सम्पत्ति तथा दायित्व रु एक करोड १८ लाख ९० रहेकामा गत आवमा कुल सम्पत्ति तथा दायित्व ६ दशमलव ३७ प्रतिशतले वृद्धि भई रु एक करोड २६ लाख ४७ हजार पुगेको संस्थाका अध्यक्ष किरणराम रञ्जितकारले जानकारी दिनुभयो । आव २०६८÷६९ देखि सो संस्था निरन्तर नाफामा सञ्चालन भइआएको छ ।
साधारणसभामा सहभागीले संस्थाले आर्थिक कारोबारको आकार बढाएर लान दिएको सmुझाव अनुरुप अध्यक्ष रञ्जितकारले चालु आवदेखि योजनाबद्ध रुपमा आर्थिक गतिविधिलाई अघि बढाउने विश्वास दिलाउनुभएको थियो । आव २०७२÷७३ सम्ममा संस्थाको कुल सदस्यता सङ्ख्या ८७ कायम भएको छ । रासस
No comments:
Post a Comment