Friday, October 14, 2016

काभ्रेमा बस खस्यो

काठमाडौँ, २८ असोज । काठमाडौँबाट काँभ्रेपलाञ्चोकको पलाञ्चोकतर्फ जाँदै गरेको बा ४ ख १९१३ नम्बरको कीर्तिपुर यातायातको बस आज अपरान्ह पाँचखाल नगरपालिका–१६ भान्साघर भन्ने स्थानबाट खसेर दुर्घटना भएको छ ।

बस सडकबाट करिब १५० मिटर तल खसेको काभ्रे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १० जनाको उद्धार गरी धुलिखेल अस्पताल ल्याउँदै गरिएको र केही यात्रु अचेत रहेकाले मृत्यु भएको हो वा होइन भन्ने पुष्टि भएको छैन ।घटनाबारे थप विवरण आउन बाँकी छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts