नवलपरासी, २८ असोज । नवलपरासीमा अन्तर्राष्ट्रिय पुरुष खुल्ला कबड्डी प्रतियोगिता सुरु भएको छ ।
जिल्लाको गुठीसूर्यपुरामा नवजीवन युवा क्लब, नवलपरासीको आयोजनामा जारी प्रतियोगितामा नेपाल र भारतका गरी कुल २२ टोलीको सहभागिता छ ।
प्रतियोगिताको उद्घाटन बिहीबार एक कार्यक्रमबीच नवलपरासी निर्वाचन क्षेत्र नं ६ का सांसद देवकरण कलवारले गर्नुभएको थियो । सो अवसरमा सांसद कलवारले नेपालमा कबड्डी खेल लोप हँुदै गइरहेको अवस्थामा यस्ता प्रतियोगितामा आफ्ना परम्परा र कलासंस्कृतिलाई जगेर्ना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगिता शनिबारसम्म चल्नेछ । प्रतियोगितामा प्रथम टोलीले नगद रु दश हजारसहित प्रमाणपत्र र ट्रफी तथा द्वितीय टोलीले नगद रु आठ हजारसहित प्रमाणपत्र एवम् ट्रफी पाउनेछन् । रासस
No comments:
Post a Comment