पथरी (मोरङ), १६ असोज । खेलकुदमन्त्री दलजित श्रीपाइलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुस्त भइरहेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।
खेल मैदान निरीक्षणका क्रममा आज पूर्वाञ्चलको विराटनगरमा रहेको सहिद रङ्गशाला आइपुग्नभएका मन्त्री श्रीपाइलीले वर्षाका कारण खेल मैदान मर्मतसम्भार चुस्त हुन नसकेको बताउनुभयो ।
उहाँले खेलकुद मातहतका कर्मचारीलाई साताँै राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पार्ने निर्देशन दिँदै जसरी भए पनि साताँै राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमै सम्पन्न गर्ने बताउनुभयो ।
उहाँले साताँै राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमै हुन्छ तपार्इंहरु ढुक्क हुनुहोस् भन्दै विराटनगरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका अवस्था खेलाडी छनोटलगायत विषयमा जानकारी लिनुभएको थियो ।
आगामी मङ्सिरमा साताँै राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन विराटनगरमा हुने बताइएको छ । रासस
No comments:
Post a Comment