काठमाडौँ, ३० असोज । शाक्यमुनि बुद्धको अस्थि धातु सर्वसाधारणको दर्शनका लागि आज अक्षेश्वर महाविहार पुल्चोकमा खुला गरिएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन पुल्चोकस्थित महाविहारले सो धातु सर्वसाधारणको दर्शनका लागि सोही परिसरमा राख्ने गर्छ । यस वर्ष शनिबार साँझदेखि पूर्णिमा परेको भए पनि अस्थि धातु आज बिहानदेखि प्रदर्शनमा राखिएको छ । बुद्धको अन्त्येष्टिका क्रममा रहेका अवशेष बौद्ध धर्मावलम्बीका लागि पवित्र मानिन्छ । सन् १९९६ मा श्रीलङ्काबाट सो धातु उक्त विहारमा ल्याइएको थियो । त्यसपछि निरन्तर वर्षमा एक पटक आश्विन शुक्ल पूर्णिमाका दिन प्रदर्शन गरिन्छ ।
अक्षेश्वर महाविहार संरक्षण समितिका सदस्य प्रचण्ड शाक्यले बिहान ७ बजेदेखि राखिएको सो धातु दर्शनका लागि काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट समेत सर्वसाधारण आउने क्रम बढेको जानकारी दिनुभयो । साँझ ४ बजेसम्म मात्र सो वस्तु खुला गरिने छ ।
अस्थि धातु दर्शनका लागि प्रजिअ ऋषिराम शर्मा, नेपालका लागि म्यान्माका राजदूत लिन योलगायत विशिष्ट व्यक्ति सहभागी हुनुभएको थियो । रासस
Saturday, October 15, 2016
अस्थि धातु सर्वसाधारणको दर्शनका लागि खुला
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment