Friday, October 14, 2016

दसैँमा रु एक अर्ब विप्रेषण भित्रियो

बाबियाचौर (म्याग्दी), २८ असोज । म्याग्दीमा पछिल्लो एक महिनाको अवधिमा करिब रु एक अर्ब विप्रेषण भित्रिएको छ ।

दसैँ, तिहारजस्ता चाडपर्वमा घरखर्चका लागि विदेशमा रहेका म्याग्दीवासीले सो मात्रामा विप्रेषण पठाएका हुन् । जिल्लामा रहेका १४ वटा बैंकका २० वटा शाखा र त्योभन्दा दोब्बर सङ्ख्यामा रहेका रेमिट कम्पनीका प्रतिनिधिले असोजमा अन्य महिनाको तुलनामा दोब्बर बढी विप्रेषण भुक्तानी गरेको जनाएका छन् ।

एउटा कम्पनी तथा शाखाले न्यूनतम् रु एक करोड ५० लाखदेखि बढीमा रु पाँच करोडसम्म विप्रेषण भुक्तानी गरेका छन् । नेपाल राष्ट्र बैंकको पोखरास्थित क्षेत्रीय कार्यालयका अनुसार २०७१ को माघदेखि २०७२ को पुस महिनाको अवधिमा म्याग्दीमा रु पाँच अर्ब ८० करोड विप्रेषण भित्रिएको थियो ।

चाडपर्वको समयमा विप्रेषण भित्रिने क्रम बढी हुने गरेको गरिमा विकास बैंकको बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले बताउनुभयो । चाडपर्वमा उपभोग र किनमेलमा धेरै खर्च हुने गर्छ । विदेशमा रहेकाले समेत अन्य समयको तुलनामा बढी रकम पठाउने गरेका छन् ।

म्याग्दीको करिब ३० हजार जनसङ्ख्या रोजगारी, अध्ययन र विभिन्न पेसा व्यवसायको सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts