काठमाडौँ, १७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालयका सदस्य मातृकाप्रसाद यादवको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिनुभएको छ ।
विगत केही दिनदेखि जोर्नीको समस्याले पीडित हुनुभएका नेता यादवको राजधानीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रधानमन्त्री दाहालले नेता यादवको उपचारमा कुनै पनि अभाव नहुने र त्यसका लागि सरकार र पार्टीका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment