Tuesday, October 18, 2016

श्रीमानको लास खोज्न भौँतारिँदै प्रेमकुमारी

रोल्पा, ३ कात्तिक । जापानमा रहेका श्रीमान्को लास नेपाल ल्याउन गरिएका सबै प्रयास असफल भएपछि यतिबेला हारगुहार गर्न रोल्पाको सदरमुकाम लिवाङ आइपुगेकी छिन् मिरुल–३ रोल्पाकी प्रेमकुमारी घर्तिमगर ।

गत असोज २ गते जापानमा मृत्यु भएका श्रीमान् शिवराज रोकामगरको लास ल्याउन परराष्ट्र मन्त्रालय तथा विभिन्न राजनीतिक दलका नेतालाई गरिएको पहल कार्यान्वयन हुन नसके पछि डेढ वर्षकी नाबालिका छोरीलाई काखीमा च्यापेर लास नेपाल ल्याउन आग्रह गर्दै हिँडिरहेकी छिन् उनी ।

२०७१ साल माघमा विद्यार्थी भिसाबाट जापान पुगेका रोकामगर गत असोज २ गते राति आफ्नै ओछ्यानमा मृत भेटिएका थिए । रोका जापानको फुकुसिमा कलेजमा अध्ययन गरिरहेका थिए ।

विपन्न परिवारका रोका जापान जाँदा रु १६ लाख ऋण गरेर गएको उनको परिवारले जनाएको छ । हाल जापानस्थित एक अस्पतालमा दैनिक १५ हजार नेपाली रुपैयाँ तिर्ने गरी लास राखिएको मृतककी श्रीमती घर्तीले बताउनु भयो । लास नेपाल ल्याउन परराष्ट्र मन्त्रालयलाई आग्रह गरिएको भए पनि परराष्ट्रले खासै चासो नदेखाएको घर्तीले बताउनुभयो ।

विद्यार्थी भिसामा विदेश गएकालाई कुनै प्रकारको सहयोग गर्न नसकिने परराष्ट्र मन्त्रालयले जवाफ दिँदा झन् पीडा थपिदिएको श्रीमती घर्तीको दुखेसो छ । बेवारिसे वनेको लास ल्याउन केन्द्रीय स्तरका नेतालाई पनि हारगुहार ग¥याँै, कसैले सुनेनन्, घर्तीले अगाडि थप्नुभयो ।

मृत्यु हुनु अघिल्लो दिन दाईसँग घरायसी कुराकानी समेत भएको मृतककी बहिनी राजकुमारी रोकाले बताउनुभयो । उहाँले दाईको लास यथाशीघ्र नेपाल ल्याउने व्यवस्था मिलाइदिन देश–विदेशमा रहेका नेपालीसँग आग्रह गर्नुभयो ।

मृत्यु भएपछि धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गर्न पाउनु मानवअधिकारको आधारभूत मान्यता रहेको हँुदा राज्यले लास ल्याउन पहल गर्नुपर्ने महिला मानव अधिकार रक्षक सञ्जाल, रोल्पाका अध्यक्ष तीर्था आचार्यको भनाइ छ ।

यसबारेमा बु¤दा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले यस समस्याको अन्तिम निकास परराष्ट्र मन्त्रालयमार्फत नै हुने भएकाले आफूले मृतकका परिवारलाई त्यहाँ गएर प्रक्रिया अगाडि बढाउन सुझाव दिएको बताउनुभयो । उमा केसी/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts