Thursday, October 20, 2016

भारतीय ट्रकको ठक्करबाट मृत्यु

चितवन, ५ कात्तिक । चितवनको दारेचोक–४ स्थित मुग्लिनबजारमा भारतीय ट्रकको टक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

पोखराबाट चितवनको नारायणगढतर्फ आउँदै गरेको आर–जे–०२९७१५ नंको भारतीय ट्रकले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ५० वर्षको देखिने पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकको अहिलेसम्म सनाखत नभएको र शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । गएराति करिव ९ः३० बजेको समयमा भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा मध्यराति १२ बजे ज्यान गएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts