Thursday, October 20, 2016

भूकम्पपीडितका लागि सामूहिक आवास निर्माण

बनेपा, ४ कात्तिक । भूकम्पपीडितका लागि काभ्रेपलाञ्चोकको १० वटा गाविसमा सामूहिक आवास निर्माण भएको छ ।

रु पाँच करोडको लागतमा निर्माण भएको आवास पाँचदेखि १६ परिवार बस्न मिल्नेखालको १६० परिवारका लागि महिला तथा पुरुष शौचालय जडित भएको सहरी विकास भवन डिभिजन कार्यालय, धुलिखेलका डिभिजन प्रमुख अष्टलाल सुवालले जानकारी दिनुभयो ।

जिल्लाको बल्थली, सिम्थली, भीमखोरी, धुसेनी शिवालय, कोलातेभूमेडाँडा, चलालगणेशस्थान, वालुपाटी देउपुर, उग्रतारा जनगाल, च्यासिङ्खर्क र चौबासमा एक एक सामूहिक आवास निर्माण भएको छ ।

डेढ महिनाको अवधिमा निर्माण कार्य सकिएको सामूहिक आवास केही दिनमा नै दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिने डिभिजन प्रमुख सुवालले बताउनुभयो । फ्रि फ्याब डिजाइनमा निर्माण भएको आवासमा जस्ताको छाना लगाइएको छ ।

सुवालले १६ परिवार बस्न मिल्ने सबैभन्दा ठूलो आवास च्यासिङ्खर्कमा निर्माण भएको र त्यसको लागत रु ४८ लाख रहेको उल्लेख गर्दै सबैभन्दा सानो पाँच परिवार बस्न मिल्ने बल्थली गाविसमा रु १६ लाखको लागतमा निर्माण भएको बताउनुभयो ।

भूकम्पपीडितलाई लक्षित गरेर निर्माण गरिएकाले उहाँहरु नै सामूहिक आवासमा बस्नुहुन्छ सुवालले भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts