Sunday, October 23, 2016

युएइमा कार्यरत नेपालीहरुबाट मनकामना मन्दिर निर्माणार्थ १ लाख सहयोग

cashयुएइ, दुबई | “धर्म संस्कृतिको जगेर्नामा हामी प्रभासीको पहल” भन्ने मूल नारालाई आत्मासाथ गर्दै युएइमा कार्यरत नेपालीहरुले गाउको मनकामना मन्दिर निर्माणका लागी पहिलो किस्ता सोरुप रु.१ लाख सहयोग गरेका छन् । सो रकम बुटवल उपमाहानगरपालीका वार्ड न.९, दिपनगर स्थित मनकामना मन्दिर निर्माणका निमित्त सहयोग गरिएको हो ।
युएइमा रहेर विभिन्न नेपाली संघ संस्थामार्फत समाज सेवामा तल्लिन श्री गीता मणि पाण्डेको संयोजकत्तोमा श्री कृष्ण प्रसाद पाण्डे, श्री चिरन न्यौपाने, सुश्री माया पाण्डे लगायतको मन्दिर निर्माण सहयोग संकलन समीति गठन गरि युएइमा कार्यरत नेपाली, ब्याबसायी, समाजसेवीहरु संग उक्त रकमको संकलन गरिएको थियो । पहिलो किस्ता सोरुप रु. १ लाख रकम सेप्टेम्बर १६, शुक्रबारका दिन दुबईमा रहेको अल आहालिया मनि ट्रान्सफर एल एल सि (रिसिप्ट न. ००४१६१०१६००१३९) मार्फत हिमालयन बैंकको बुटवल साखामा रहेको मन्दिर निर्माण समितिकी सदस्य सुश्री चेतना पाण्डेको खातामा पठाइएको हो ।
पहिलो किस्ताको रु. १ लाख सहयोग रकम नेपाल पठाए लगतै हामीसंगको भेटमा सहयोग संकलन समितिका संयोजक श्री गीता मणी पाण्डेले यस पबित्र कार्यमा सहयोग गर्नुहुने सहयोगी सबैमा हार्दिक आभार ब्याक्त गर्दै, सहयोग संकलन अझै जारि रहेको बताएका थिए । दोश्रो किस्ता रकम केहि दिनमा नेपाल पठाइने समेत उनले बताए ।  सोहि भेटमा पाण्डेले धर्म संस्कृतिको रक्षाका निमित्त देश तथा विदेशमा रहेका हामी सबै नेपाली एक हुनुपर्नेमा जोड दिएका थिए ।

चिरन न्यौपाने

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts