Wednesday, October 5, 2016

नसर्ने रोगको उपचार सम्बन्धी कार्यक्रम सुरु

धनगढी, १९ असोज । नसर्ने रोगको बचावट तथा रोकथाम सम्बन्धी कार्यक्रम सरकारले कैलालीवाट सुरु गरेको छ । यो कार्यक्रम देशमै पहिलो पटक सुरु गरिएको बताइएको छ ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज यहाँ आयोजित एक समारोहबीच उक्त कार्यक्रमको उद्घाटन गर्दै परिणाम र सफलताका आधारमा यो कार्यक्रमलाई क्रमशः अन्य जिल्लामा पनि विस्तार गर्ने बताउनुभयो ।

स्वास्थ्य सेवा विभाग, प्राथमिक स्वास्थ्य सेवा पुर्नजागरण महाशाखाका निर्देशक मोहम्द दाउदले कार्यक्रमको उद्देश्य एवम् औचित्यमाथि प्रकाश पार्दै मानव स्वास्थ्यका लागि ठूलो चुनौतीका रुपमा देखिन थालेकाले यो रोगको रोकथाम तथा बचावटका लागि यो कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।

कार्यक्रम अन्तर्गत हाललाई स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र जिल्ला अस्पतालमार्फत नसर्ने रोगीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको जनाएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा पुष्पा चौधरीले विभिन्न रोगका कारण हुने मृत्युमध्ये नेपालमा नसर्ने रोगका कारणले मात्रै ६० प्रतिशत भन्दा बढीको मृत्यु हुने गरेको बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनको प्रक्षेपण अनुसार आगामी दश वर्षसम्म पनि नसर्ने रोगको उपचारका लागि व्यवस्थित र प्रभावकारी उपचार पद्दति अपनाउन नसकिएमा यी रोगले अझ ठूलो समस्या निम्त्याउने बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts