न्होमपेन्ह ( कम्बोडिया), ४ कात्तिक । कम्बोडियाका स्थानीय स्वयमसेवी संस्थाले वितरण खाना खाएपछि एक विद्यालयमा झण्डै १३७ जना विद्यार्थी विरामी भएका छन् । एक प्रहरी अधिकारीले सो समाचारलाई पुष्टि गरेका छन् ।
दक्षिणी कम्बोडियामा पर्ने ताकेओ क्षेत्रमा सो विषाक्त खानाको कारण ती बालबालिका बिरामी परेका जनाइएको छ ।
ट्रम कक जिल्लाका प्रहरी उपप्रमुख सोक सोचेआले दिनु भएको जनाकारी अनुसार गत मङ्गलबार बिहानदेखि विद्यार्थीहरु विरामी पर्न सुरु भएको थियो ।
उहाँका अनुसार ती बालबालिकालाई भुटेको भात, मकै, अण्डा, दुध, ससेज र पानी दिइएको थियो ।
बिरामी हुनासाथ विद्यार्थीहरुलाई उपचारकालागि अस्पतालमा लगिएको छ । उनीहरुलाई वितरण गरिएको खाना पनि परिक्षणका लागि सम्वन्धित ठाउँमा पठाइएको बताइएको छ । रासस ÷सिन्ह्वा
Thursday, October 20, 2016
विषाक्त खानाको कारण १ सय ३७ विद्यार्थी विरामी
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment