Sunday, October 2, 2016

बेवारिसे शवको व्यवस्थापन गर्न माग

काठमाडौँ, १६ असोज । ‘एक्सन फर सोसल चेन्ज’ नामक सामाजिक संस्थाले बेवारिसे शवको व्यवस्थापन गर्न माग गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष विनय बस्नेतले अस्पतालमा भएका बेवारिसे शवको व्यवस्थापन समयमै नभए त्यस आसपास क्षेत्रको वातावरण तथा नजिकै बसोबास गर्नेलाई समेत नराम्रो प्रभाव पार्ने बताउनुभयो ।

सम्बन्धित नगरपालिका, प्रहरी प्रशासन र अस्पतालको समन्वयमा आगामी दिनमा देशव्यापी रुपमा बेवारिसे भएका शवको व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ ।

यसअघि नै उक्त संस्थाले पाटन अस्पतालमा रहेका पाँचवटा बेवारिसे शव सङ्कलन गरी दाहसंस्कार गरिसकेको छ ।

संस्थाका अध्यक्ष बस्नेतले पाटन अस्पतालमा बेवारिसे अवस्थामा रहेर गन्हाउन थालेका शवको दाहसंस्कार गरिएको जानकारी दिँदै अब यस कार्यमा अभियान सुरु गर्ने बताउनुभयो । एउटा बेवारिसे शवको दाहसंस्कार गर्न कम्तिमा नौदेखि १० हजार रुपैयाँसम्म लाग्ने संस्थाले जनाएको छ ।

सो अवसरमा बृहस्पति विद्या सदनका संस्थापक तथा समाजसेवी पुरुषोत्तमराज जोशीले सो अभियान पवित्र भावनाले गरिएकाले त्यसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts