Tuesday, October 18, 2016

संचारमाध्यमले चरित्रहत्या गरेको आरोप

काठमाडौँ, ३ कात्तिक । नेपालको एक सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दा गरेको सानो असावधानीले गर्दा संयुक्त अरब इमिरेट्समा एउटा रेस्टुराँ सञ्चालन गर्दै आएका नेपाली रेस्टुराँ सञ्चालक सुजन सापकोटाले मानसिक तनाव झेल्नुपरेको छ ।

रिपोर्टर्स क्लबमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चालक सापकोटाले रेस्टुराँमा काम गर्ने कामदारले रेस्टुराँको चुलोको ग्यास खोलेर बिना कुनै सूचना बेखबर भएका कामदारसँग सामान्य झगडा भएको र आवेशमा कुटेको स्वीकार्दै तर नेपालको एक सञ्चारमाध्यमले उक्त घटनाको भिडियो क्लिप सार्वजनिक गरेर आफ्नो चरित्र हत्या गरेको र आफूले तनाव झेल्नुपरेको बताउनुभयो ।

रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला तथा समाजसेवी दीपक खाँडले सापकोटाका सबै कुरा सुनेपछि उक्त घटनालाई सामान्यरुपमा लिनुपर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts