Saturday, October 22, 2016

सबै दल जिम्मेवार हुनुपर्नेमा जोड

काठमाडौँ, ६ कात्तिक । नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखविरुद्ध व्यवस्थापिका– –संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावका सन्दर्भमा देशमा निर्णायक महत्व राख्ने राजनीतिक दलले साझा दृष्टिकोण बनाउनुपर्ने बताउनुभएको छ ।

एमाले बल्खु टोल कमिटीले आज विभिन्न पर्वका उपलक्ष्यमा आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रमममा उहाँले सो प्रस्ताव कसले राख्यो भन्दा पनि विषयमा ध्यान दिनुपर्नेमा जोड दिँदै सो विषयमा संसद्मा धेरै दलका धेरै विचार आए पनि ठूला दल विमुख हुन नहुने बताउनुभयो ।

उहाँले आइतबार संसद्मा सभामुखले सो विषयमा छलफलका लागि दिन तोक्ने र। छलफल तथा सिफारिस समितिमा अभियुक्तका राय लिने प्रक्रिया पूरा गर्दा करिब डेढ महिनामा प्रस्तावले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो ।

सांसद यज्ञराज सुनुवारले मुलुकमा कानुनी शासनलाई कायम राखी लोकतन्त्रलाई संस्थागत गर्न सबै दलका नेता जिम्मेवार रहेको बताउँदै सो प्रस्ताव दुई तिहाइ बहुमतका साथ पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

पार्टीका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले सो विषय संवेदनशील रहेकाले सबै दल जिम्मेवार भई निर्णय लिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष धर्मशङ्कर घिमिरेले दसैँ, तिहार, चित्रगुप्त पूजा, नेपाल संवत्, छठ, ल्होसार, उधौलीलगायत विशेष महत्वका नेपाली चाडपर्वले सामाजिक सद्भाव कायम राख्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts