Friday, October 21, 2016

विश्व हिन्दू अध्यक्षमा सिंहको मनोनयन दर्ता

काठमाडौँ, ५ कात्तिक । विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रियका अध्यक्षमा भरतकेशरी सिंहको मनोनयन दर्ता भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा बन्दसत्र सुरु भएपछि नयाँ नेतृत्वका लागि सिंहका नाम मात्र मनोनयन भएका विषयमा सामान्य झडप समेत भएको थियो । उक्त कार्यक्रमको बन्दसत्रमा भएको छलफलपछि मनोनयन दर्ता गर्ने क्रममा केहीले लोकतान्त्रिक परिपाटीबाट निर्वाचन गर्न माग गरेपछि होहल्ला भई दर्शक दीर्घामा सिंहका पक्ष तथा विपक्षीबीच हानाहान भएको महासङ्घका आजीवन सदस्य हेमविक्रम सिलवालले जानकारी दिनुभयो । महानगरीय प्रहरी वृत्त कमलपोखरीले उक्त स्थानमा झडप भएपछि सुरक्षाकर्मीको सहयोगमा स्थिति नियन्त्रणमा लिई सामान्य बनाएको जनाइएको छ ।
महासङ्घका सदस्य सुचित्रा घिमिरेका अनुसार सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान लगायत ४० मुलुकका ८१० प्रतिनिधि सहभागी छन् । सोही सम्मेलनमा हिन्दू धर्मका अनुयायी तथा साधुसन्त, महन्त, विद्वान् लगायतको सहभागिता छ ।

यही कात्तिक ६ गतेसम्म जारी रहने सम्मेलनले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने प्रस्ताव समेत पारित गर्ने बताइएको छ । बिहीबार स्थानीय वनकालीमा ‘अन्तर्राष्ट्रिय विराट् हिन्दू महासम्मेलन’ उद्घाटन भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts