Friday, November 11, 2016

मोर्चाद्वारा सदन बहिष्कार

काठमाडौँ, २६ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरुले सदनको आजको बैठक बहिष्कार गरेका छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठकको आरम्भमा मोर्चाका तर्फबाट सङ्घीय समाजवादी फोरम संसदीय दलका नेता अशोक राईले वर्तमान सरकार गठन भएयता नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा मोर्चाका बीच भएका तीनबुँदे सहमति कार्यान्वयन नभएको भनी रोष व्यक्त गर्नुभयो ।

उहाँले सहमति कार्यान्वयन गर्नेतर्फ सरकार उदासीन रहेको आरोप लगाउँदै सहमति कार्यान्वयनका लागि दबाब दिन बैठकबाट बाहिरिन लागेको बताउनुभयो ।

उहाँका साथमा संविधान संशोधनको माग गरिरहेका मोर्चाका आबद्ध दलका सांसदहरु बैठककक्षबाट बाहिरिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts