Friday, November 4, 2016

गाडिएको अवस्थामा शिशुको शव फेला

फलेवास (पर्वत), २० कात्तिक । पर्वत लिमिठाना –८ चिर्दीखोलास्थित खेतमा गाडिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ ।

स्थानीय गोपाल क्षेत्री भनिने कुलबहादुर क्षेत्रीको खेतमा नवजात शिशुको शव शुक्रबार भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार क्षेत्रीको श्रीमती ३१ वर्षीया मीना क्षेत्रीले बच्चालाई जन्म दिई हत्या गरी नजिकैको आफ्नै खेतमा लगेर गाडेको भन्ने खुल्न आएको छ ।

हत्याको आशङ्कामा अनुसन्धानका लागि मीना क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शिशुको शव स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पाताल पर्वतमा पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक दीपक पातीलले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts