Monday, November 7, 2016

नागरिकता प्रमाणपत्र लिनेको सङ्ख्या बढ्यो

पाल्पा, २३ कात्तिक । जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनेको सङ्ख्या बढेको छ ।

जागिर तथा अध्ययनको सिलसिलामा जिल्ला बाहिर बसोबास गर्ने पाल्पालीले दसँै तिहारका बेला घर आएकाले नागरिकता लिनेको सङ्ख्या बढेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी ताराप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

पहिले दैनिक ५० देखि ७० को हाराहारीमा नेपाली नागरिकताको प्रमाणपत्र जारी हुँदै आएकोमा दसँै तिहारपछि दैनिक १०० को हाराहारीमा नेपाली नागरिकताको प्रमाणपत्र जारी हँुदै आएको सूचना अधिकारी घिमिरे बताउनुहुन्छ ।

यहाँका मानिस काम र अध्ययनका लागि जिल्ला बाहिर बस्दै आएका छन् । दसँै तिहार सकेर वैदेशिक रोजगारका लागि राहदानी बनाउनका लागि आवदेन दिनेको समेत चाप बढेको छ ।

जिल्लाका अन्य सरकारी कार्यालयमा भन्दा जिल्ला प्रशासन कार्यालयमा तिहार सकिएलगत्तै सेवाग्राहीको चाप बढेको जिल्ला प्रशासनले जनाएको छ । सेवाग्राहीको चाप बढे पनि एक दिनमा काम सम्पन्न हुने भएपछि सेवाग्राही खुसी हुँदै घर फर्कने गर्दछन् ।

पूर्वको रामपुर इलाकामा समेत नागरिकता लिनेको चाप बढेको छ । रामपुर इलाका कार्यालयबाट रामपुर नगरपालिकासहित पूर्वका आठ गाविसका स्थानीयले नागरिकता बनाउन थालेपछि जिल्ला सदरमुकाम तानसेन आउनुपर्ने बाध्यता टरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts