Friday, November 11, 2016

जनतालाई अनुभूति हुने सेवा प्रदान गर्न निर्देशन– प्रम दाहाल

विराटनगर, २६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई प्रत्याभूति हुने खालको सेवा प्रदान गर्न कर्मचारीलाई निर्देश गर्नुभएको छ ।

मोरङ जिल्लास्थित क्षेत्रीय र जिल्ला कार्यालयका प्रमुखलाई आज बिहान विराटनगरमा निर्देशन दिँदै उहाँले भन्नुभयो– ‘‘विकास निर्माणका योजनालाई राम्रोसँग परिणाममुखी ढङ्गले सम्पन्न गर्नुस् ।’’

प्रधानमन्त्री दाहालले विकास निर्माणका योजनालाई समयमै सम्पन्न गर्न कर्मचारीबीच प्रतिस्पर्धाको भावना जागृत हुनुपर्ने बताउँदै गुणस्तरीय कार्य सम्पन्न गर्ने कर्मचारीलाई राज्यले पुरस्कृत गर्नेछ भन्नुभयो ।

राष्ट्रिय गौरवका योजनालगायत अन्य महत्वपूर्ण योजनालाई समयमै सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै उहाँले राष्ट्र निर्माणका लागि सकारात्मक सोचका साथ एक्यवद्ध भएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री दाहालले आपूmले राष्ट्रिय गौरवका योजना र महत्वपूर्ण योजनालाई सम्पन्न गर्नका लागि के समस्या छ भनेर विभागीय मन्त्रीलगायत पदाधिकारीसँग छलफल गरी समस्या समाधानका ठोस कदम उठाउन निर्देशन दिएको उल्लेखगर्दै विकास निर्माणको कार्यमा गति दिई बजेट खर्च बढाउन पनि निर्देशन गर्नुभयो ।

आपूmले मेलम्ची, सिक्टा सिँचाइ आयोजना, प्यूठानको बाढीग्रस्त क्षेत्र, अपर तामाकोसी, खोटाङ, सङ्खुवासभाको राजमार्ग क्षेत्रको अवलोकन र अनुगमन गरेर ती योजना समयमै सम्पन्न गर्न बढी केन्द्रित हुनसमेत निर्देश गरेको उहाँले बताउनुभयो ।

राजनीतिक दलबीच समझदारी बढाएर सबैको सहमतिमा संविधान कार्यान्वयनको काम अगाडि बढाइएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “संविधान कार्यान्वयनका साथै तीन तहको निर्वाचन सम्पन्न गराउनका लागि कर्मचारीले सकारात्मक वातावरण बनाएर कार्य गर्न जरुरी छ ।”

उहाँले स्वतन्त्र विदेश नीतिलाई आधार बनाएर दुबै छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित रहेको र अन्तर्राष्ट्रिय जगतसँग सन्तुलित सम्बन्ध राखेर सरकार कार्य गरिरहेको बताउँदै शान्ति प्रक्रियालाई अगाडि बढाएको, सेना समायोजनपछि मुलुकमा गुणात्मक रुपमा शान्ति सुरक्षाको अवस्थामा सुधार भएको उल्लेख गर्नुभयो ।

भूमण्डलीकरण र विज्ञान प्रविधिको राम्रो पक्षलाई अङ्गिकार गरी नेपाली सेना, सशस्त्र र नेपाली प्रहरीलाई सक्षम बनाउन सरकार अग्रसर रहेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

निमित्त मुख्यसचिव टङ्कमणि शर्माले विकासको गति सुस्त भएकाले यसतर्फ कर्मचारी अग्रसर हुनुपर्दछ भन्नुभयो ।

सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायले जिल्लाका मुख्य समस्याका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts