Friday, November 11, 2016

जुटमिल सञ्चालनका लागि गृहकार्य भइरहेको छः प्रम दाहाल

विराटनगर, २६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले देशभरका सबै रुग्ण सरकारी उद्योग सञ्चालनका लागि अध्ययन भइरहेको बताउनुभएको छ ।

विराटनगरको ऐतिहासिक उद्योग विराटनगर जुटमिलको आज स्थलगत अवलोकन तथा निरीक्षणको क्रममा उहाँले भन्नुभयो – यस उद्योगलाई सञ्चालनमा ल्याउन सरकारले गृहकार्य गरिरहेको छ ।

प्रधानमन्त्री दाहालले “नेपालकै औद्योगिक इतिहासमा अग्रेणी भूमिका निर्वाह गरेको यो उद्योग बन्द हुनु लज्जा, हृदय बिदारक छ” भन्दै “बिगतमा निजीकरणको नाममा थुप्रै उद्योग धारासायी भए, मैले सरकारको नेतृत्व सम्हालेपछि जीर्ण उद्योग सञ्चालनका लागि अथक प्रयास गर्दै आएको छु ।”

यो उद्योगका साथै हेटौँंडाको कपडा उद्योगलगायत सरकारी उद्योग सञ्चालनका लागि अध्ययन भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले विराटनगर जुटमिलमा विद्युत् नभएर सञ्चालन नभएको विषयमा ऊर्जा मन्त्रालयमार्फत समाधान गर्ने र जग्गाको विषयमा पनि सम्बन्धित मन्त्रालयलाई समाधान गर्न निर्देशन दिने बताउनुभयो ।

आफूले जुटमिललाई के गर्ने भन्ने विषयमा एउटा उद्देश्य लिएरै भ्रमण गरेको बताउँदै उहाँले जुट उद्योगको समग्र समस्या समाधानका विषयमा भारतको गोवामा हालै भारतीय प्रधानमन्त्रीसँग पनि छलफल भएको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts