Friday, November 4, 2016

नरिवल र फलफूलको कारोबारमा वृद्धि

इनरुवा, २० कात्तिक । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा नरिवल र अन्य फलफूलको कारोबारमा वृद्धि भएको छ ।

छठ पर्वका अवसरमा उपयोग गरिने नरिवल, उखु, मुला, कागती, सुन्तला, सख्खरका साथै बाँसबाट बनेको नाङलो, कोनियाँ र माटोको भाँडाकुडा लगायत समानको कारोबारमा वृद्धि भएसँगै यी समानको मूल्य समेत बढेको छ । मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन् ।

अहिले बजारमा प्रतिगोटा रु ७० देखि एक सय सम्ममा नरिवलको खरिद बिक्री भएको नरिवल व्यापारी राजेन्द्र शर्माले बताउनुभयो । तिहारमा समेत नरिवल बिक्री बढी भएकाले छठपर्वमा यसको मूल्य अकासिएको व्यापारी शर्माको भनाइ छ ।

सुनसरीमा बार्षिक रुपमा तिहार र छठमा रु ५० लाख भन्दा बढीको नरिवलको कारोबार तथा खरिद बिक्री हुने गरेको अनुमान व्यापारीको रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts