काठमाडौँ, ८ पुस । वैदेशिक रोजगारीको प्रलोभनमा मानव बेचबिखनका जोखिम उच्च रहेका छन् ।
‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले एकवर्षको अवधिमा वैदेशिक रोजगारीका बहानामा बाह्य बेचबिखनको जोखिममा रहेका ६० जना किशोरीलाई उद्धार गरेको छ ।
सन् २०१६ को डिसेम्बर १५ सम्मको गतिविधि सार्वजनिक गर्ने उद्देश्यले आज यहाँ आयोजित कार्यक्रममा ‘विश्वास नेपाल’की अध्यक्ष तारा भण्डारीले नयाँ बसपार्क तथा त्यस आसपास क्षेत्रका रेष्टुरेन्टबाट १८ वर्ष भन्दा कम उमेरका बालिका फेला परेको जानकारी गराउनुभयो ।
मानव बेचबिखनको ट्रान्जिट प्वाइन्टका रुपमा डान्स, दोहरी, क्याबिन रेष्टुरेन्टलगायत मनोरञ्जन क्षेत्र विकसित हुँदै गएकाले यसमा सरकारको निगरानी बढाउनपुर्ने उहाँले बताउनुभयो ।
भूकम्पपछि बालबालिका तथा किशोरी बढी जोखिममा रहेको सो संस्थाको अध्ययनले देखाएको छ ।
ती बालबालिकालाई प्रहरीको सहयोगमा विभिन्न पुनःस्थापना केन्द्र तथा व्यावसायिक सीप केन्द्रमा तालिमको व्यवस्था गरिएको छ । रासस
No related posts.
No comments:
Post a Comment