Thursday, December 22, 2016

भोलिबाट राजधानीमा विश्व शान्ति पुजा हुदै

काठमाडौ, ७ पुस। । सम्मूर्ण प्राणी जगतको सुख, शान्ति र दीर्घायूको कामनासहित राजधानीमा पुस ८ गते शुक्रबारदेखि १७ गतेसम्म विश्व शान्ति पुजा हुने भएको छ ।
१० दिनसम्म संचालन हुने शान्ति पुजामा श्यरटुल दम्क्ष्यो ग्यछो रिन्पोछेको प्रमुख उपस्थिति रहने आयोजक बुद्ध समाज सेवा केन्द्रले जनाएको छ । रिन्पोछे भारतको हिमाञ्चल प्रदेशबाट आउनु हुनेछ  । उहाँ तेस्रो अवतारी लामा समेत हुनुहुन्छ् ।
विश्व शान्ति पुजामा १० करोड महासिद्धी मन्त्र जप समेत गरिने आयोजक  बुद्धसमाज सेवा केन्द्रले जनाएको छ । बौद्ध धर्मअनसुार बज्र गुरु मन्त्रमा अटल तथा विनाश नहुने शक्ति रहेको र मन्त्रको जप गर्दा सम्पुर्ण जिवित प्राणीले सुख शान्ति पाउने विश्वास छ ।
मानिसको अहंकारबाट हुने बाधा व्यवधान हटाएर मानिसको बिचारमा सुद्धिकरण ल्याई विश्वमै सुख शान्तिको निम्ति बज्रगुरु मन्त्र जप तथा शान्ति पुजा गर्न लागिएको आयोजकको भनाइ छ ।
बुद्धिष्ट खगोलशास्त्र अनुसार यो बर्ष अग्नी बाँदर बर्ष परेको र गुरु रिन्पोछेको जन्म बर्ष भएकाले यस समयमा मन्त्र जप तथा विश्व शान्ति पुजा गर्न लागिएको आयोजकको भनाइ छ । बुद्धिष्ट खगोलशास्त्रमा यस्तो समय ६० बर्षमा एकपटक आउने गर्दछ ।
पुजा अवधिभर निशुल्क स्वास्थ्य परीक्षण क्याम्पसमेत संचालन गरिने आयोजक समितिका सदस्य मिङग्यूर शेर्पाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts