काठमाडौँ, २ पुस । भारतको गोवामा ‘सेरिन्डिपिटी आर्ट फेस्टिबल’सुरु भएको छ ।
उपमहाद्वीपीयस्तरको कलामा छनोट भई नेपालबाट कविराज लामा, किशोर कायस्थ र मेखबहादुर लिम्बू सहभागी हुनुभएको छ । राजनीतिक, सांस्कृतिक तथा आर्थिक विषयमा तयार पारिएका कलाकृति सो प्रदर्शनीमा राखिएको सहभागी कलाकार लामाले जानकारी दिनुभयो ।
नेपालबाट राजनीतिक विषयमा लामाले विसं २०४६ पछि नेपालमा बनेका प्रधानमन्त्रीका मुहारचित्र र ती नेताका आवाजलाई सेन्सर प्रविधिमार्फत जोडेर कला सिर्जना गर्नुभएको । ‘दिक्क लाग्ने आवाज’ शीर्षकमा लामाले नेताका भाषणलाई डिजिटल प्रविधिमार्फत अभिव्यक्त गर्नुभएको छ ।
गत मङ्सिर २८ देखि पुस ७ गतेसम्म गोवामा भइरहेको सो महोत्सव नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि महत्वपूर्ण हुने लामाले बताउनुभयो ।
त्यस्तै कायस्थले काठमाडौंँ उपत्यकाको सांस्कृतिक तथा पुरातात्विक सम्पदालाई भूकम्पअघि र त्यसपछिको अवस्थाका रुपमा तुलना गर्दै २० मिनेटको वृत्तचित्र बनाउनुभएको छ । उहाँले उच्चस्तरको सङ्गीत र आवाजलाई निकै कलात्मक रुपमा प्रस्तुत गर्नुभएको छ । कायस्थ आफ्ना कलाका बारेमा भन्नुहुन्छ, “मैले नेपाली संस्कृतिलाई सौन्दर्य भर्ने कोसिस मात्रै गरेको हुँ ।”
कलाकार लिम्बूले नेपालको विद्यमान आर्थिक अवस्था र त्यसबाट समाजमा परेको यथार्थलाई पस्कनुभएको छ ।
प्रदर्शनीमा नेपाली कलाकारको सहभागिताका लागि सिद्धार्थ आर्ट ग्यालरीले संयोजन गरेको छ । नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरसम्म लैजान ग्यालरीले ३० वर्षदेखि काम गरिरहेको ग्यालरीका निर्देशक सङ्गीता थापाले जानकारी दिनुभयो । रासस
Friday, December 16, 2016
गोवामा आकस्मिक लाभ सहितिको कला महोत्सव
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment