काठमाडौँ, ५ पुस । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि स्विजरल्यान्डका राजदूत डा योर्ग जियोभान्नी फ्रिडेनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक परिवर्तन, आपसी सम्बन्ध र द्विपक्षीय सहयोगका बारेमा कुराकानी भएको उपप्रधानमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।
भेटमा उपप्रधानमन्त्री निधिले नेपालको विकास निर्माणमा स्विटजरल्यान्डले गरेको सहयोगका लागि धन्यवाद दिनुभएको थियो ।
सो अवसरमा राजदूत फ्रिडेनले स्विट्जरल्यान्डका तर्फबाट नेपालको विकास निर्माणमा भइरहेको सहयोग आगामी दिनमा थप सुदृढ हुँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस
No comments:
Post a Comment