Thursday, December 22, 2016

चीनको सडकमा एक वर्षमा ५८ हजारको मृत्यु

बेइजिङ, ७ पुस । चीनमा सन् २०१५ मा मात्रै सवारी दुर्घटनाका कारण ५८ हजार जनाको सडकमै मृत्यु भएको अधिकारीले जनाएका छन् ।

चीनको संसद्को वेभसाइटमार्फत् बुधबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार यसअघि सन् २०१४ मा एक लाख सात हजार जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो ।

ट्राफिक नियम उलङ्घन गर्ने प्रवृत्तिका कारण चीनमा ठुला दुर्घटना गंम्भिर समस्याका रुपमा रहेका छन् ।

बसको लामो दुरीको यात्राका कारण हुने दुर्घटनाले चीनमा बेलाबेलमा तनाव दिने गरेको छ । आकस्मीकरुपमा हुने व्यक्तिगत दुर्घटनाका कारण पनि नियमितरुपमा धेरैको मृत्यु भइरहेको हुन्छ ।

सवारी दुर्घटनामध्ये झन्डै ९० प्रतिशत दुर्घटनाको कारण ट्राफिक नियमको उलंघन हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी अत्याधिक भार भएका ट्रक, नाजुक अवस्थाका सडक र ग्रामिण क्षेत्रमा हुने असुरक्षित यात्रा पनि सवारी दुर्घटनाका अन्य प्रमुख कारण रहेको प्रतिवेदनमा जनाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले चीनको यो रिपोर्ट वास्तविकताभन्दा थोरै भएको दावी गरेको छ । रासस÷सिन्ह्वा

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts