काठमाडौँ, २५ मङ्सिर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बाह्य इसारामा संशोधन प्रस्ताव आएको भनेर विपक्षी दलले प्रचारबाजी गर्नु गलत काम भएको बताउनुभएको छ ।
काँग्रेस काठमाडौँ महानगरपालिका– २९ वडा समितिले आज यहाँ आयोजना गरेको ‘रक्तदान तथा सम्मान’ कार्यक्रममा नेता सिंहले मधेस आन्दोलनलाई सम्बोधन गर्नका लागि संशोधन प्रस्ताव आएको बताउनुभयो । उहाँले भन्नुभयो, “मधेस आन्दोलन सम्बोधन गर्न संशोधन प्रस्ताव आएकामा बाह्य इसारामा संशोधन प्रस्ताव आयो भन्नु गलत हो ।”
पूर्वउपप्रधानमन्त्री सिंहले संविधान कार्यान्वयनका लागि दलहरु गम्भीर हुनुपर्नेमा जोड दिँदै सबै दलको भावना समेटेर निर्वाचनमा जानु अहिलेको मुख्य काम हो भन्नुभयो । कार्यक्रममा नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका १२ प्रजातन्त्र सेनानीलाई सम्मान गरिएको थियो भने ५० भन्दा बढीले रक्तदान गर्नुभएको थियो । रासस
No comments:
Post a Comment