Thursday, December 22, 2016

दुर्घटनामा तीनको मृत्यु, १७ जनाको अवस्था गम्भीर

दाङ, ७ पुस । लमही–घोराही सडकखण्डको मसोट खोलामा लु२ख ७७६ नंको बस आज दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन् ।

दुर्घटनामा परी प्युठान खालाकी ३८ वर्षीया देहोरी विक र सौडियारका ६० वर्षीय चित्रबहादुर श्रेष्ठको मृत्यु भएको ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक नन्दकुमार पोख्रेलले जानकारी दिनुभएको छ । एक मृतकको भने सनाखत हुन सकेको छैन ।

आज दिउँसो लमहीबाट घोराहीतर्फ आइरहेको गाडी दुर्घटनामा परेको हो । घाइतेहरुको राप्ती उपक्षेत्रीय अस्पताल घोराही र स्वास्थ्य केन्द्र लमहीमा उपचार भइरहेको छ । घाइतेको उद्धार कार्य जारी छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको भनाइ छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts