Thursday, December 22, 2016

‘जनकपुर–जयनगर’ रेल मार्ग छिटो सञ्चालनमा ल्याउन निर्देशन

काठमाडौँ, ७ पुस । व्यवस्थापिका–संसद्, विकास समितिले ‘जनकपुर–जयनगर रेल’ मार्ग यसै आर्थिक वर्षमा सञ्चालन हुनेगरी गरी काम अगाडि बढाउन निर्देशन दिएको छ ।

समितिको आज बसेकोे बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, मन्त्रालयका सचिव र रेल विभागका महानिर्देशकलाई काठमाडौँ मेट्रो रेलको काम अगाडि बढ्ने गरीे पुनः सम्भाव्यता अध्ययन गर्न, रेल मार्गमा पर्ने जग्गाको क्षतिपूर्ति दिन र अन्य जग्गा संरक्षण गर्न, नदीजन्य सामग्री (ढुङ्गा, गिट्टी, बालुवा) को मात्रै भर नपरी खानीको सामान उपयोग गर्न पनि भनेको छ ।

समितिले नेपालका विभिन्न क्षेत्रमा रेल सेवा पु¥याउनका लागि समग्रमा ‘रेल सञ्जाल कार्ययोजना’ बनाउन पनि निर्देशन दिएको छ ।
उत्तर दक्षिण नाका जोड्ने रेल मार्ग निर्माणबाट देशको आर्थिक विकासको आधार निर्माण हुने र त्यसबाट विश्वका अन्य देशसँग व्यापारिक पहँुच बढ्ने भएकाले समग्र कार्ययोजना बनाउन निर्देशन दिएको हो ।

काठमाडौँमा मेट्रो रेल चलाउनका लागि यसै वर्षबाट काम प्रारम्भ प्रतिबद्धता व्यक्त गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नेपालमा रेल मार्ग निर्माणका लागि विभिन्न देशसँग समेत छलफल भइरहेको मन्त्री लेखकको भनाइ छ ।

“पूर्व–पश्चिम, उत्तर–दक्षिण रेल मार्ग निर्माण गर्नेबारे आवश्यक तयारी भइसकेको छ, चाँडोभन्दा चाँडो पिटिआर तयारबारे प्रक्रिया अगाडि बढेको छ” – मन्त्री लेखकले भन्नुभयो

सभापति रवीन्द्र अधिकारीले चीन र भारतलगायतका मुलुकमा रेल यातायात राम्रो रहको अवस्थामा नेपालले पनि रेल नेटवर्कलाई प्रभावकारी बनाउन कार्ययोजनाअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

समितिका सदस्य तथा सांसदहरू चिनकाजी श्रेष्ठ, महेन्द्र यादव, रामकृष्ण घिमिरे, शान्ता मानवी, शिवजी यादव र ललितजङ्ग शाहीलगायतले जतिसक्दो चाँडो रेल मार्ग निर्माणमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव धनबहादुर तामाङ र रेल विभागका निर्देशक आनन्द आचार्यले रेल मार्गबारे धेरै काम अगाडि बढिसके पनि विविधि समस्याका कारण ढिलाइ भइरहेको समितिलाई जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts