काठमाडौँ, २ पुस । ‘संसाक’ पाक्षिक पत्रिकाको आयोजनामा यही पुस ८ गते ‘प्रथम साहित्यिक मैत्रीपूर्ण बास्केटबल खेल’ हुने भएको छ ।
एक टोलीमा पाँच जना मुख्य र चार जना अतिरिक्त खेलाडी रहने सो खेल ४०–४० मिनेटको हुने र १०–१० मिनेटपछि विश्राम समय हुने छ । खेलमा कुल चार टोली रहने छन् । दुई दुई टोलीबीच खेल सकिएपछि विजेता टोलीबीच अन्तिम खेल हुने छ ।
अपराह्न स्थानीय लुनार इङलिस बोर्डिङ स्कुल गोंगबुँमा हुने साहित्यिक मैत्रीपूर्ण खेलकुद मूल समारोह समितिका संयोजकमा पूर्व सहायकरथी तेजप्रकाश बानियाँ र कार्यक्रम संयोजकमा पत्रिकाका सम्पादक तथा प्रकाशक उमेश पाण्डे रहनुभएको छ ।
यसअघि पत्रिकाले गत असार ४ गते यहाँ ‘प्रथम साहित्यिक मैत्रीपूर्ण फुटबल’ कार्यक्रम सम्पन्न गरेको थियो । साहित्यकारबीच मैत्रीपूर्ण सम्बन्ध र भाइचारा विस्तारका लागि कार्यक्रम आयोजना गर्न लागिएको संयोजक पाण्डेले बताउनुभयो । रासस
Friday, December 16, 2016
‘प्रथम साहित्यिक मैत्रीपूर्ण बास्केटबल खेल’ शुक्रबार
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment