Friday, December 23, 2016

संविधान संशोधन प्रक्रिया अघि बढ्न नदिने : सचिव भट्टराई

धनकुटा, ८ पुस । संसद्मा पेस गरिएको संविधान संशोधनको प्रक्रिया कुनै पनि हालतमा अघि बढ्न नदिने नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभएको छ ।

आज प्रेस चौतारी धनकुटाको आठौँ अधिवेशनको उद्घाटन कार्यक्रममा नेता भट्टराईले आफूलाई मधेसको ठेकेदार ठान्ने केही पार्टीले मधेसी जनताको नाममा व्यक्तिगत स्वार्थ पूर्तिका लागि संविधान संशोधन प्रस्ताव ल्याएको कारण नेकपा (एमाले) यसको विरुद्धमा रहेको बताउनुभयो ।

संविधान संशोधनको विषयले अदालतमा समेत प्रवेश पाएको कारण संसद्मा छलफल गर्नुभन्दा फिर्ता लिनु उचित हुने उहाँको तर्क थियो ।
संविधान कार्यान्वयनको परीक्षण चुनावबाट हुने भएकाले सरकारले चुनाव घोषणा गरे प्रतिपक्षमा बसेर एमोल चुनावमा भाग लिने बताउनुभयो । कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, नेकपा (एमाले) धनकुटाका अध्यक्ष राजेन्द्र राई, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य गणेश पोखरेललगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts