Tuesday, December 20, 2016

ओलम्पियन टर्च दिएर खेलाडीको बिदाई

धनगढी, ५ पुस । विराटनगरमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगताका लागि आज यहाँ ओलम्पिक टर्च दिएर खेलाडीहरुको बिदाई गरिएको छ ।

ओलम्पिक टर्चसहितको ¥याली धनगढीबाट विराटनगरतर्फ प्रस्थान गरेको हो ।

क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक साउदले ओलम्पियन बिष्णुवहादुर सिंहसहितका खेलाडीलाई ओलम्पिक टर्च दिएर बिदाई गर्नुभएको हो ।

¥याली पुस ८ गते विराटनगर पुगेपछि सातौं राष्ट्रिय खेलकुदको उद्घाटन हुने जनाइएको छ । यसअघि छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिता यहाँ भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts