Saturday, December 24, 2016

सुशान्तको उपचारका लागि तीन लाख सहयोग

इलाम, १० पुस । मुटु र शरीर सुन्निएर अस्पतालको शैय्यामा छटपटाइरहेका इलाम गोलाखर्कका १० वर्षीय सुशान्त तामाङलाई कोरियामा बस्ने नेपालीले तीन लाख रूपैयाँ सहयोग गरेका छन् ।

इलाम सूर्याेदय सेवा समाज दक्षिण कोरियाद्वारा काठमाडौँको टिचिङ अस्पतालमा उपचाररत सुशान्तकी आमा याममायालाई उक्त सहयोग हस्तान्तरण गरिएको समाजका अध्यक्ष हरिप्रसाद खनालले जानकारी दिनुभयो ।
समाजले यसअघि ताप्लेजुङका आगलागी पीडित र दोलखाका भूकम्पपीडितलाई समेत करिब रु तीन लाख बराबरको राहत वितरण गरिसकेको छ ।

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सुरु

जिल्ला निर्वाचन कार्यालय इलामले आगामी निर्वाचनलाई लक्षित गर्दै फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेको छ ।

सो कार्यका लागि कार्यालयले सातवटा टोली खटाएको निर्वाचन अधिकृत प्रेमकुमार काफ्लेले जानकारी दिनुभयो ।

यसअघि मतदाता नामावलीमा नाम दर्ता गराएका तर नामावलीमा त्रुटि देखिएका, विदेशमा बसोबास गरेर फर्किएका, बसाइँसराइ, मृत्यु, आदि कारणले अद्यावधिक गर्नुपर्ने तथा नयाँ नागरिकता लिएकालाई समेट्नका लागि नामावली सङ्कलन र अद्यावधिक गर्न थालिएको काफ्लेले बताउनुभयो ।
फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य जिल्लाका ४३ गाविस र तीन नगरपालिका गरी ७६ स्थानबाट दुई÷दुई दिन सेवा सञ्चालन गरिने जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts