Tuesday, December 13, 2016

सम्पूर्ण नेपालीलाई एकताबद्ध भई उधौली पर्व मनाउन आग्रह

काठमाडौँ, २८ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उधौली पर्वले नेपालीबीच सदियौँदेखि रहँदै आएको पारस्परिक सद्भाव, भ्रातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई अझ प्रगाढ बनाउने प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

किराँत समुदायको महान् चाड उधौलीका अवसरमा प्रधानमन्त्रीले आज शुभकामना सन्देश दिँदै नेपाल विविध विविधता भए पनि त्यसमा एकता र सामाजिक सद्भाव बलियो रहेको तथा भाषा, संस्कृति, वेशभूषा र संस्कार आआफ्नो जातीय पहिचान दिलाउने विशेषता रहेको बताउनुभएको छ ।

सन्देशमा भनिएको छ – “नेपालमा आदिवासी किरात समुदायले खुसियालीस्वरुप विशेष उत्साह र उमङ्गतासाथ मनाउने यस पर्वले ठूलो सांस्कृतिक महत्व राख्दछ । उधौली पर्वलाई मानिस जनावर तथा चराचुरुङ्गी जाडोबाट बच्न लेकबाट बेँसीतिर झर्ने समय भएको सङ्केतका रुपमा लिनुका साथै आँगनमा अन्नबाली भित्र्याएको खुसियालीमा मनाइने पर्वको सङ्केतका रुपमा लिने भएकाले ऐतिहासिक एवम् सांस्कृतिक मान्यता रहेको छ ।”

किरात समुदायलगायत सम्पूर्ण नेपालीलाई एकताबद्ध भई हर्षोल्लासपूर्वक उधौली पर्व मनाउन प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । मङ्सिर पूर्णिमाको दिनदेखि सुरु हुने उधौली पर्व किरात समुदायले १५ दिनसम्म मनाउँछन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts